logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्नः फेरि संविधान मिच्न बहुमत चाहियो ?

    अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्नः फेरि संविधान मिच्न बहुमत चाहियो ?

    2.7K
    Shares
    अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्नः फेरि संविधान मिच्न बहुमत चाहियो ?

     

    बैतडी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि मङ्सिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताएका छन् । बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    “आर्थिक क्रान्तिका लागि अहिलेको गठबनधन गरिएको हो । जनचाहनाअनुसार गठबन्धनले काम गर्नेछ । अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ । अहङ्कार र लोकतन्त्रवादीको लडाइँ चलेकाले लोकतन्त्रले जित्नुपर्छ ।”

    अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर देश समृद्ध बनाउनुपर्ने तर्क गरे । उनले भने, “म जनयुद्धमै रहेका बेला दाङबाट देउवासँग टेलिफोनमा कुरा भएको थियो, देशलाई शान्ति प्रक्रियामा लैजाउ भनेर कुरा भएको त्यसपछि शान्ति प्रक्रिया अगाडि बढेको हो । उतिबेलादेखि नै माओवादी र कांग्रेसबीच सहकार्य भएको हो ।”

    उनले दुईतिहाइको सरकारको नेतृत्व गरेको तत्कालीन ओली सरकारले संविधान च्यातेको आरोप लगाए । उनले भने, “दुईपटक संसद् विघटन गर्ने ओली अहिले बहुमत चाहियो भनिरहेका छन् । फेरि किन बहुमत चाहिएको हो ? फेरि किन दिने संविधान मिच्न ? अधिकार कुन्ठित गर्न भोट दिनुपर्ने हो भनेर प्रतिप्रश्न गर्नुपर्छ ।” उनले सुदूरपश्चिमको जीवनस्तर माथि उकास्न सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताए ।

    बैतडीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन् । प्रदेशसभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२)मा कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend