logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • घट्यो शेयर बजार

    घट्यो शेयर बजार

    2.2K
    Shares
    घट्यो शेयर बजार

    काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.५२ अंकले घटेको हो । १.२३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८९३.७० अंकमा ओर्लिएको हो । आज २२६ कम्पनीका ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४ सय ११ रुपियाँ बराबरको कारोबार भएको हो ।

    आज पनि सबै समूह राताम्मे भए । सबैभन्दा बढी निर्जीवन बीमा समूह ८८.५४ अंकले घटेको हो । समग्रमा बजार घटेको दिन सबैभन्दा बढी मन्दाकिनी हाइड्रोको शेयर मूल्य ३.९२ प्रतिशतले बढेको छ । आज २१ कम्पनीको शेयर मूल्य बढ्दा बाँकीको घटेको छ । अपर हेवाखोलाका लगानीकर्ताले सबैभन्दा बढी ६.९१ प्रतिशतले घाटा व्यहोरेका छन् ।

    नेप्सेका अनुसार आज शिवम् सिमन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड २२ लाख ३५ हजार ४ सय २८.८० रुपियाँ बराबरको कारोबार भएको हो ।

    साताको पहिलो दिन आइतबार ४३.२० अंकले बजार बढ्दा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रुपियाँ, सोमबार ६.४३ अंकले बजार घट्दा २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३ सय ८४ रुपियाँ, मंगलबार २.५७ अंकले बजार घट्दा १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४ सय ६७ रुपियाँ र हिजो बुधबार ३९.१५ अंकले बजार घट्दा १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४ सय ३७ रुपियाँ बराबरको कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend