स्याङजा । गठबन्धनको तर्फबाट स्याङजा क्षेत्र नम्बर २ को २ का उम्मेदवार महेश भट्टराईले जनताका आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । सुनौलो नेपालसँगको कुराकानीमा उम्मेदवार भट्टराईले घरदैलो गर्ने क्रममा मतदाताले सडकको स्तरोन्नती,गुणस्तरिय स्वास्थ्य, शिक्षा, सिचाईको लागि कुलो नहर बनाउनुपर्ने जस्ता सामान्य माग गरेको बताए । जनताका ती मागहरुलाई प्रदेश सांसद बनेर आफुले सम्बोधन गर्ने उनले सुनाए ।
यसअघि गल्याङ नगरपालिका ३ को वडा अध्यक्ष बनेर ५ वर्ष जनप्रतिनिधिको रुपमा काम गरेको सुनाउँदै उम्मेदवार भट्टराईले अघिल्लो ५ वर्षमा गरेको कामको अनुभवका आधारमा अब प्रदेशका २६ ओटै वडाको जिम्मेवारी लिन योग्य रहेको बताए ।
मत माग्न जाँदा मतदाताले भोट माग्न मात्रै आउने हो की अरु बेला पनि आउनुहन्छ ? भनेर प्रश्न गरेको सुनाउँदै भट्टराईले हिजो पनि जनताको सुखदुःखमा मतदाताको घरदैलोमा पुगेको सुनाउँदै निर्वाचित भएपछि पनि यसलाई झन बढाउने, प्रत्यक्ष भेटेर समस्या गुनासा सुन्ने र समाधान गर्ने बताए ।
आफु निर्वाचित भए आफ्नो प्रदेशमा मात्रै नभएर समग्र गण्डकी प्रदेशको आर्थिक, सामाजिक विकासका लागि महत्वपुर्ण नीति नियम बनाउन पनि भुमिका खेलने उनको भनाई छ । जनताको मन र मत लिएर प्रदेश सभामा जाने लागेको सुनाउँदै मतदातालाई भोट गरेकोमा पछुतो नभई गौरव लाग्ने काम गर्ने जिकिर गरे ।डाईभर्सन हुनुपर्छ की पर्दैन भन्ने प्रश्नमा भट्टराईले आफु विकास विरोधी नभएको तर हाम्रा सस्कृती, धर्म, परम्परानै नाश हुनेगरि डाईभर्सन हुन नदिने उल्लेख गरे ।
हेर्नुहोस् भिडिओ :