logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

    फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

    1.3K
    Shares
    फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

     

    काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।

    आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनैपनि व्यक्ति र तत्वहरुलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरुले पूर्ण रुपमा पालना गर्न र गराउन निर्देशन दिए । उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरु हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए । उनले धेरै मतदान हुनु राम्रो भएपनि हँुदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचनप्रतिको अवज्ञा भएकाले त्यसतर्फ शतर्कता अपनाउन आग्रह गरे ।

    उनले भने, ‘हाम्रा सबै कानूनी व्यवस्था पूर्ण छन् । मात्रै पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ । म सबै मतदान अधिकृत साथीहरुलाई कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गर्न र आफ्नो तर्फबाट शतप्रतिशत कार्यान्वयन गराउन र यदी कसैले पालना नगरे त्यस्ता व्यक्तिलाई पनि कानून बमोजिम कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु । कानूनको प्रभावकारी कार्यान्वयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ, कतिपय ठाउँमा मैले जसरी पनि विजय हाँसिल गर्नुपर्ने हुन्छ, निर्वाचन जित्नुपर्छ, भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरुको कारणले फर्जी मतदान हुने खतरा पनि रही रहने अवस्था हुन्छ, धेरै मतदान हुनु राम्रो हो तर हँुदै नभएका व्यक्तिको मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी हो र निर्वाचनप्रतिको यो अवज्ञा पनि हो ।’

    प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखि सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गरे । उनले निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताए । उनले निर्वाचन आयोगले निर्वाचनलाई भयरहीत र निष्पक्ष बनाउन स्थानीय तहबाट नै स्वयंसेवकहरु परिचालन गर्ने पनि बताए ।

    उनले भने, ‘मतदान कार्यमा सहजता हुँदाहुँदै पनि मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्छन्, साथै नजिकको मतदान केन्द्रबाट मतदान गरिसकेर फेरि अर्को मतदान केन्द्रमा पनि मतदाताहरु गइदिने र त्यसले पनि अफ्ठ्यारो स्थिति सिर्जना हुने गरेका छन् । यसमा सुरक्षा निकायसँग समन्वय गरी मतदान गर्नासाथ सबै मतदाताहरुलाई कुनै किसिमको भीडभाड हुन नदिइ आफ्नो घरतर्फ जानको लागि प्रेरित गर्ने, यदी कसैले आनाकानी गर्छ, निर्देशन पालना गर्दैन भने कानून बमोजिम कारबाही गर्नको निम्ति पनि आवश्यक प्रक्रिया प्रारम्भ गर्न अनुरोध गर्दछु । निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुन्छ । हामीले स्थानीय तहबाट नै स्वयंसेवकहरु परिचालन गर्दछौँ । उहाँहरुले पनि त्यो भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । यो विषयलाई गम्भीरतापूर्वक लिइ सुरक्षा कार्यमा खटिने सुरक्षाकर्मी साथीहरुले समेत मतदान अधिकृतको निर्देशनलाई पालना गरी यदी कहीँ कसैले यस किसिमको प्रयत्न गरे तत्काल नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्नपनि विशेष अनुरोध गर्दछु ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend