logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • गण्डकी प्रदेशलाई पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको हब बनाउँछु : खगराज अधिकारी

    गण्डकी प्रदेशलाई पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको हब बनाउँछु : खगराज अधिकारी

    2.9K
    Shares
    गण्डकी प्रदेशलाई पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको हब बनाउँछु : खगराज अधिकारी

    पोखरा । नेकपा एमालेका तर्फबाट कास्की क्षेत्र नम्वर १ को १ का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले गठबन्धनप्रति जनताको आकर्षण नरहेको बताएका छन् । सुनौलो नेपालसँगको कुराकानीमा उम्मेदवार अधिकारीले विचार सिद्धान्त नमिलनेसँग पनि गठबन्धन गरेको र देशको कुभलो हुने काम गरेका कारण गठबन्धनका उम्मेदवार प्रति जनताको आकर्षण नरहेको स्पष्ट पारेका हुन् ।

    ‘भ्रष्टाचार गर्ने, विकासका गतिविधिलाई निरन्तरता नदिने, ललिता निवास प्रकरण बाहिर निकालेपछि न हाम्रा दलका केही नेताहरु सल्बलाए र पार्टी विभाजन भयो ।’ उनले भने । नेकपा एमाले सगरमाथाको शिर उच्च रहे जस्तै जनतामाझ शिर उच्च बनाएर जाने भन्दै अधिकारीले अहिले नेकपा एमालेलाई बहुमत दिन पनि आग्रह गरे ।

    ‘अघिल्लो निर्वाचनमा मैले पनि माओवादीलाई भोट माग्दै हिँडे, माओवादीले यसरी घात गर्ला भन्ने लागेन, गल्ति त हामीले पनि गर्यौ, माओवादी सुध्रेकै रैनछ । एमाले सधैं स्थिर सरकारको पक्षमा छ । यो पाली एमालेलाई बहुमत दिनु्स् । बहुमत दिएर एमालेले सम्हालेन भने अर्को पाली एमालेलाई भोटै नदिनु् ।’ उनले भने ।

    एमालेको तर्फबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीको प्रस्तावमा परेका उम्मेदवार अधिकारीले आफु गण्डकी प्रदेशको सांसद मात्रै भएपनि प्रदेशको पर्यटन, कृषि, जलस्रोत, शैक्षिक हब र मेडिकल हबको रुपमा विकास गर्ने दाबी गरे । प्रदेश सभामा रोजगारीका लागि उद्योग कलकारखानाको विकास गर्ने, भ्रष्टाचार विरुद्ध निरन्तर आवाज उठाईरहने उनले बताए ।

    गण्डकीमा एमालेका सरकार बन्यो भने दलित, अल्पसङख्यक तथा गरिवीको रेखामुनीका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने, भुमिहीनलाई जग्गा उपलब्ध नगराई विश्राम नलिने उल्लेख गरे । घरदैलोमा जाँदा मतदाताले राम्रो प्रतिक्रिया दिएको जनाउँदै चुनाव जित्नेमा आफु ढुक्क रहेको उनले बताए । अधिकारी स्वास्थ्य तथा जनसङख्या मन्त्री र गृहमन्त्री भईसकेको व्याक्ति हुन् ।

    हेर्नुहोस् भिडिओ :

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend