logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कसैको आस वा त्रासमा नपरी निर्वाचन सम्पन्न गराउनुस्: प्रमुख आयुक्त थपलिया

    कसैको आस वा त्रासमा नपरी निर्वाचन सम्पन्न गराउनुस्: प्रमुख आयुक्त थपलिया

    2.1K
    Shares
    कसैको आस वा त्रासमा नपरी निर्वाचन सम्पन्न गराउनुस्: प्रमुख आयुक्त थपलिया

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनमा कसैको आस वा त्रासमा परेर नभई त्यसभन्दा माथि उठेर निर्वाचन सम्पन्न गर्ने भूमिका रहेको बताए। चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने भन्दै तटस्थताको वातावरण बनाउन निर्देशन दिए ।

    प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend