logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडामा हुने सवारी दूर्घटना न्यूनिकरण हुन्छः बालेन्द्र शाह

    यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडामा हुने सवारी दूर्घटना न्यूनिकरण हुन्छः बालेन्द्र शाह

    3.3K
    Shares
    यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडामा हुने सवारी दूर्घटना न्यूनिकरण हुन्छः बालेन्द्र शाह

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दूर्घटना न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् । संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दूर्घटना न्यूनिकरणका लागि सोसम्बन्धि विधेयक पारित भएको उल्लेख गर्दै उहाँले त्यसबाट सो क्षेत्रको सडक दूर्घटना न्यूनिकरण हुँदै जाने बताएका हुन् ।

    सेयर सबै सार्वजनिक सवारी साधनहरुको बराबर हुने गरी सो विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दूर्घटना हुने काममा कमी आउने उनको भनाई थियो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाईकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको उल्लेख गर्दै मेयर शाहले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरुबीच विस्तारै सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिइएको बताए ।

    उनले भने, ‘सबै सम्बन्धित निकायहरुले सहकार्य गरेर अघि बढाएर यहाँको सडक दुर्घटनालाई न्यूनिकरण गर्न सक्छौं । अव धेरै कारणहरु छन । बाटोको इन्फास्ट्रक्चरको कारणले हुन सक्ला । ट्राफिक म्यानेजमेन्टको कारणले हुन सक्ला । धेरै पक्षहरु छन । त्यसलाई विस्तारै हामीले मिलाउँदै जाने हो । अव एउटा साधारमा रुपमा हेर्दा पनि काठमाडौं महानगरपालिकामा चाहिने भन्दा बढि मोटरसाईकल देख्छौं । यसैकारण धेरै याक्सिडेन्टहरु हुने गरेको छ । सार्वजनिक यातायातहरुले ठाउँमा समयमै नपु¥याएका कारण पनि मोटरसाईकलहरुको संख्या काठमाडौंमा बढन गएको हो । रिङ रोडमा मात्रै हिसाव गर्दाखेरी अहिलेको जस्तो बसको साईज २ सय जति भए पुग्नेमा २ हजार भन्दा पनि बसहरु गुडेका हुन्छन । हामीले एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि होइन कि जाममा बस्नका लागि पैसा तिरिरहेका हुन्छौं । हालै हाम्रो संसदबाट काठमाडौं उपत्यका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ । जस अन्तरगत चाँही सबैखाले भेहिकल्सहरु एउटै छातामा आएर काम गर्ने जसले गर्दाखेरी कम्पिटीशन रहँदैन । सबैले बराबर सेयर पाउने भएपछि कम्पिटीशन हटछ । रिङ रोडमा २ सय वटा गाडी भए पुग्ने रहेछ । तर हामीले रुट परमिट जतिलाई पनि दिईरहेका छौं । अल बिल पास भएको छ । हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौं । एक्सिडेन्ट हुने वित्तिकै उपचारका लागि पनि आवश्यक व्यवस्था भईरहेको छ । ती सबै काममा हामीहरु लागि पर्छौं ।’

    मेयर शाहले काठमाडौं उपत्यका भित्र हुने सवारी दूर्घटनामा परी घाईते भएकाहरुको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भईरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend