सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा बस्ने युवकको डुबेर मृत्यु भएको छ । २ महिनाबाट सो आश्रममा बस्दै आएका ३० वर्षीय केदार दर्लामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्तिक २७ मा साँझ आश्रम परिसरको पोखरीमा डुबेका दर्लामीको मानसिक अवस्था ठीक नभएको बताइएको छ ।