logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ललितपुर ३ की उम्मेदवार तोसिमा कार्कीको मुद्दामा बहस सकियो, आजै फैसला आउने

    ललितपुर ३ की उम्मेदवार तोसिमा कार्कीको मुद्दामा बहस सकियो, आजै फैसला आउने

    2.6K
    Shares
    ललितपुर ३ की उम्मेदवार तोसिमा कार्कीको मुद्दामा बहस सकियो, आजै फैसला आउने

    काठमाडौं । ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।

    आजै कार्कीको उम्मेदवारी कायम राख्ने कि अयोग्य घोषणा गर्ने फैसला आउने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend