logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमालेलेको चुनावी घोषणा पत्रमा सपना मात्रै बाँडिएका छन्ः प्रवक्ता महत

    एमालेलेको चुनावी घोषणा पत्रमा सपना मात्रै बाँडिएका छन्ः प्रवक्ता महत

    2.2K
    Shares
    एमालेलेको चुनावी घोषणा पत्रमा सपना मात्रै बाँडिएका छन्ः प्रवक्ता महत

     

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दावी गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    प्रवक्ता महतले निर्वाचन पछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहो¥याए । मुलुकको समृद्धि, विकास र रोजागारीको आकांक्षालाई सम्बोधन हुने गरी आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्ने आफूहरुको लक्ष्य रहेको भनाई थियो । प्रवक्ता महतले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछ । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ । हाम्रो प्रचार अभियान देशभर जारी छ । संविधानको रक्षा गर्दै अघि बढने यो गठबन्धनको लक्ष्य हो । स्थायित्व दिने हो । आगामी पाँच वर्ष सरकार चलाउने र विकासको गतिलाई तीव्रता दिने तथा जनताको समृद्धिको चाहनालाई पूरा गर्ने काम हुन्छ । हामी युवाहरुलाई स्वदेशमै राजगारी दिने गरी त्यसको अवसरको पनि आवश्यक व्यवस्था मिलाउनेछौं ।’

    नेपाली काँग्रेसले नेकपा (एमाले)ले खुलेआम निर्वाचन आचारसंहिताको उलंघन गरेको आरोप लगाउँदै कारबाही गर्न पनि निर्वाचन आयोगसँग माग गरेको छ । पार्टीका प्रवक्ता महतले निर्वाचन आचारसंहिताको खिलापमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाहरुको दुरुपयोग गर्ने काम गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले भने, ‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु कि जुन आचारसंहिता बनाउनु भएको छ । त्यसको हामीले अक्षरसः पालना गरेका छौं । तर जहाँ खुलेआम कुनै पनि बेला गर्न नमिल्ने संस्थाहरुको प्रयोग गरेर दुरुपयोग एमालेले गरेको जगजाहेर छ । निर्वाचन आचारसंहिताको खिलापमा प्रलोभन दिने, विभिन्न संस्थाहरुलाई दूरुपयोग गर्ने जुन प्रवृत्ति छ । त्यसलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस् । र, कारबाही गरोस् भनेर निर्वाचन आयोगसँग माग गर्न चाहन्छु ।’

    प्रवक्ता महतले नेपाली काँग्रेसले भने निर्वाचन आचारसंहिताको अक्षरसः पालना गरिरहेको जिकीर गरे । उनले एमालेले जारी गरेको चुनावी घोषणा पत्रमा सपना मात्रै बाँडिएको दोहो¥याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend