logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • निर्वाचनमा सत्तागठबन्धनले पूर्ण बहुमत ल्याउँछ : डा. महत

    निर्वाचनमा सत्तागठबन्धनले पूर्ण बहुमत ल्याउँछ : डा. महत

    2.7K
    Shares
    निर्वाचनमा सत्तागठबन्धनले पूर्ण बहुमत ल्याउँछ : डा. महत

    काठमाडौँ । नेपाली कांग्रेसले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, रोजगारी र स्थायित्वका लागि सत्ता गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्ने जनाएको छ।

    कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई तिहाइ नजिक स्थान जितेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पाँच वर्षसम्म स्थायित्व नदिएकाले अब कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा जनता लागेको प्रवक्ता डा प्रकाशशरण महतले बताए । संविधानको रक्षा गरी यसमा सुधार र संशोधनका माध्यमबाट आगामी दिनमा अघि बढ्ने पनि उनले बताए ।

    प्रवक्ता महतले भने, ‘गठबन्धनको नेतृत्व गरेको कांग्रेससहितका दल फराकिलो मतले विजयी हुन्छन्, निर्वाचन आयोगले तय गरेको सीमामा रही हामीले प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छौँ, मूलभूतरूपमा संविधानको रक्षा हाम्रो मुख्य उद्देश्य हो, नेकपा एमालेका अध्यक्ष केपी ओलीको सरकारले स्थायित्व दिन नसकेपछि सत्तामा आएको कांग्रेस नेतृत्वको गठबन्धनले छोटो समयमा गरेका कामले पनि सत्तागठबन्धनले राम्रो मत ल्याउने वातावरण देखेका छौँ ।’

    आगामी निर्वाचनमा प्रत्यक्ष जत्तिकै महत्वपूर्ण समानुपातिक पनि भएकाले सबै निर्वाचन क्षेत्रमा समानुपातिकको मत माग्न पार्टी संयन्त्र परिचालन गरिएको कांग्रेसले जनाएको छ । विसं २०७४ को निर्वाचनमा कांग्रेसले समानुपातिकमा ४० स्थानमा विजयी भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबेलाभन्दा बढी स्थान आउने गरी प्रचारप्रसारमा लाग्न सबै जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको पार्टी संयन्त्रलाई परिचालन गरिएको जानकारी दिए ।

    प्रवक्ता महतले भने, ‘देशभरका ६१ क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार छैनन्, ती क्षेत्रमा प्रत्यक्षमा गठबन्धन दलका उम्मेदवार र समानुपातिकमा कांग्रेसको रुख चिह्नमा मतदान गर्न आह्वान गरेका छौँ, उम्मेदवार नभएका क्षेत्रमा समानुपातिकतर्फ मतका लागि विशेषरूपमा प्रचारप्रसार गर्न पार्टी संयन्त्रलाई परिचालन गरिएको छ, प्रत्येक क्षेत्रमा समानुपातिकतर्फ दुईवटा मतपत्रमा अनिवार्यरूपमा रुखमा मतदान गर्न पार्टीका शुभेच्छुक एवं मतदातामा आग्रह गरेका छौँ ।’

    देशलाई जोड्ने र सहिष्णु नेतृत्व आवश्यक परेकाले पनि कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा धेरै स्थानमा जित्ने वातावरण बनेको उनले बताए । प्रतिनिधिसभाका ९१ स्थानमा कांग्रेस र ७४ स्थानमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई मत माग्न उनले देशभरका नेता, कार्यकर्तालाई आह्वान गरे ।

    यसैगरी प्रदेशसभातर्फ १७७ स्थानमा कांग्रेस र १५३ स्थानमा सत्ता गठबन्धनका अन्य उम्मेदवारलाई मत हाल्न पनि पार्टीले आह्वान गरेको छ ।निर्वाचनपछि सत्तागठबन्धनको नेतृत्व स्वाभाविकरूपमा कांग्रेसले गर्ने प्रवक्ता महतले बताए । कांग्रेसभित्र पनि सरकारको नेतृत्व स्वाभाविकरूपमा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवाले नै गर्ने उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend