logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पार्टीको उम्मेद्वार नै नभएको स्थानमा निर्वाचन परिचालन चुनौतीपूर्ण छः प्रकाशशरण महत

    पार्टीको उम्मेद्वार नै नभएको स्थानमा निर्वाचन परिचालन चुनौतीपूर्ण छः प्रकाशशरण महत

    2.1K
    Shares
    पार्टीको उम्मेद्वार नै नभएको स्थानमा निर्वाचन परिचालन चुनौतीपूर्ण छः प्रकाशशरण महत

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको उम्मेद्वार नै नभएको स्थानमा निर्वाचन परिचालन चुनौतीपूर्ण रहेको बताएका छन् । प्रवक्ता महतले मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट नहाल्ने समस्या गौण रहेको तर मतदातालाई मतदान स्थ्लसम्म कसरी पु¥याउने भन्ने चुनौती ठूलो रहेको बताएका हुन् ।

    न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले मतदातालाई सुरक्षित रुपमा मतदान स्थलसम्म पु¥याउने काममा पार्टीका संयन्त्र परिचालन गरेको बताए । उनले नेकपा एमालेलाई भोट दिनुभन्दा गठबन्धनलाई नै भोट हाल्न आग्रह गरे । प्रवक्ता महतले स्वतन्त्ररुपी अनेक रंगमा प्रकट भएका उम्मेदवारहरुलाई भन्दा गठबन्धनलाई मत दिएर जिताउन आग्रह गरे । उनले गठबन्धनमा विभिन्न दलका उम्मेदवारहरुले उम्मेदवारी दिएको अवस्थामा परिचालनको कोणबाट दलको क्रियाशील नहुने खतरालाई समाधान गर्नेकुरामा पार्टी लागेको पनि बताए ।

    उनले भने, ‘मलाई लाग्छ, मुल समस्या भनेको मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट हाल्दैनन् भन्ने भन्दापनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा मतदान केन्द्रमा मतदाताहरुलाई पु¥याउने चुनौतीपूर्ण काम हो । पार्टीको संयन्त्र लगाएर त्यो चुनौतीलाई सामना गर्छौं भन्ने हामीलाई विश्वास छ । ल ठिक छ हाम्रो दलको उम्मेदवार छैन तर विपक्षी ओलीजीको नेतृत्वको उम्मेदवारलाई दिनुभन्दा या विभिन्न रुप, रंगमा त्यही प्रवृत्तिलाई सहयोग गर्ने, स्वतन्त्रका रंग, अनेक रंग, रुपमा प्रकट भएका छन् । प्रवृत्ति एउटै हो । तिनीहरुलाई दिनुभन्दा त हाम्रो पार्टीको सहयोगी गठबन्धनको उम्मेदवारहरुलाई दिनु हामी सबैको लागि कल्याण हुन्छ भन्ने कुरा बुझाउन गाह्रो हुन्न । खालि परिचालनको कोणबाट उम्मेदवारले वडा वडा पुगेर, परिचालित गरेर जुन जोड बल लगाउँछ नि, त्यसमा उम्मेदवार नहुँदा हाम्रो दलको नहुँदा हाम्रो दलको क्रियाशिल नहुने, अन्य दलको उम्मेदवार नहुँदा अन्य दलको क्रियाशील नहुने खतरालाई हामीले महशुस गरेर त्यसको यथेष्ट प्रवन्ध, परिचालित गरेर मतदाताहरुलाई पु¥याउने सम्पूर्ण कोशिस हामीले गरिराखेका छौँ ।’

    आसन्न निर्वाचनमा दलहरुले आफ्नोआफ्नो जितको दाबी गरिरहेका छन् । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले चुनावको मुखमा एकअर्काप्रति आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend