logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • मतदाताको माया बटुल्दै स्वतन्त्र उम्मेदवार खुस्बु ओली

    मतदाताको माया बटुल्दै स्वतन्त्र उम्मेदवार खुस्बु ओली

    3.2K
    Shares
    मतदाताको माया बटुल्दै स्वतन्त्र उम्मेदवार खुस्बु ओली

    काठमाडौं । संघ तथा प्रदेशको चुनाव आउन अब केही दिन मात्र बाँकी छ । यस्तो अवस्थामा निर्वाचनका लागि उम्मेदवारहरु आफ्नो पक्षमा मत पार्न लागि परेका छन् । दलहरुकोबीचमा स्वतन्त्र उम्मेदवारलाई असहज हुने अवस्थामा झापा ४ मा भने माहौल फरक छ ।

    झापा चारमा क्रस खुकुरी चिन्ह लिएर खुस्बु ओली चुनावी मैदानमा छ । झापामा सत्ता गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन छ । दुई ठूलो गठबन्धन भएको अवस्थामा आफ्नो पक्षमा माहौल बनेको स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले बताइन् ।

    ‘झापा ४ मा स्वतन्त्रले जित्ने माहौल बनेको छ । दलहरुले हालसम्म गरेको कार्यले मतदाताहरु आजित भएका छन् । त्यसैले अहिले उहाँहरुले मलाई जिताउने प्रण गर्नु भएको छ,’ ओलीले भनिन् ।

    यसअघि २०७४ सालमा भएको चुनावमा झापा ४ बाट एमालेका लाल प्रसाद साँवा लिम्बुले ४३ हजार ५१५ मत ल्याएर चुनाव जितेका थिए । उक्त चुनावमा नेपाली काँग्रेसका देउकुमार थेवे २६ हजार ८२२ मत ल्याएर दोस्रो भएका थिए । अहिले झापा चारमा दुई गठबन्धन छन् । त्यसमा गठबन्धनका लागि मुख्य चुनौती भनेको नै स्वतन्त्र उम्मेदवार बनेको छ । सतन्त्रलाई नै भोट हालेर जिताउने माहौल त्यहाँका जनताहरुले बनाएको ओलीले बताईन् ।

    ‘अहिले घर दैलो अभियानमा यहाँका जनताहरुले दिएको मायाले चुनावी नतिजा मेरो पक्षमा पर्छ भन्ने कुरामा दुई मत छैन् । यसअघि जितेका व्यक्तिहरुले पनि त्यहाँको समस्या समधान गर्न नसक्दा जनताहरुले मलाई नै मुख्य बिकल्पका रुपमा हेरेका छन्,’ ओलीले भनिन् । झापा ४ मा झापा गाउँपालीका, कनकाई नगरपालीका, शिव सतासी नगरपालीका र गौरिगञ्जको एक र दुई नम्बर वडा मुख्य क्षेत्र हुन् । यस क्षेत्रमा विषेश गरेर मुस्लिम बस्तिहरु धेरै छन् । ओली पनि यसै क्षत्रको भएकाले त्यहाँको समस्य चिरफार गर्दै समधान गर्न आफूलाई सहज हुने उनले बताइन् । सबै मतदाताको समस्या जानेर घुलमिल गरेको हुनाले पनि आफूलाई समर्थन हुने उनको बुझाइ छ ।

    ‘म यहाँको सबै समस्या प्रति चिनजान छु । त्यसैले यहाँका मतदाताहरुले मलाई विश्वास गर्नु हुन्छ । उहाँहरुको समस्या समधानका गर्ने मेरो अठोट पनि बुझ्नु भएको छ । त्यसैले मलाई हसज छ । जित निश्चित छ,’ ओलीले भनिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend