काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफूविरुद्ध फण्डा गर्नेहरूलाई मंसिर ४ गते ब्यालेट बक्सबाटै जवाफ दिइने पनि बताएका छन् । उनले फेसबुक लाइभमार्फत आज यस्तो बताएका हुन् ।
उनले निर्वाचनको मुखमा भ्रम फैलाउने उद्देश्यले अनेकन फण्डा भइरहेको बताए । आफ्नो ४ वर्षअघि सल्टिएको नागरिकतासम्बन्धी विषय चुनावी फण्डामात्रै भएको उनको दाबी छ ।
‘निर्वाचनको मुखमा कसैका लागि यो फन्डा भयो होला । हामीमाथि फिजिकल र डिजिटल दुवै आक्रमण निरन्तर चलिनै रहेको छ’, उनले फेसबुक लाइभमार्फत भने, ‘यसबाट विचलित भएको छैन र कोही पनि नहुनुहोला । आयोगको पत्र आएको छैन । आएपछि आयोगलाई उचित जवाफ दिने नै छु । त्यसैका आधारमा यहाँहरूलाई जानकारी हुने नै छ।’
उनले ७ दिनको म्याद दिएर पत्र काटेको सुनेको भन्दै पत्र प्राप्त भएपछि सबै जवाफ दिइने बताए ।