काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको अवश्यकता रहेको बताएका छन् । भोजपुरको पूर्वी तिवारीभञ्जयाङमा आयोजित गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
डा महतले देशको दिगो विकासका लागि कुराभन्दा काम गर्ने नेतृत्व आवश्यक रहको बताए ।
डा महतले गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि अब कुरा गर्ने मात्र नभएर काम गर्नका लागि यो गठबन्धन बनेको भन्दै अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिलाई अझ तीव्रता दिइने बताए । समग्र भोजपुरको विकासका लागि मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक–वामगठवन्धनका उम्मेद्वारहरूलाई जिताउनुको विकल्प नरहेको समेत डा महतले बताए ।