logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नागरिकता विधेयकमा सर्वोच्चमा राष्ट्रपतिको १२ बुँदे लिखित जवाफ पेस (पूर्णपाठसहित)

    नागरिकता विधेयकमा सर्वोच्चमा राष्ट्रपतिको १२ बुँदे लिखित जवाफ पेस (पूर्णपाठसहित)

    2.5K
    Shares
    नागरिकता विधेयकमा सर्वोच्चमा राष्ट्रपतिको १२ बुँदे लिखित जवाफ पेस (पूर्णपाठसहित)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा परेको रिटमा अदालतले जारी गरेको ‘कारण देखाऊ’ आदेशको राष्ट्रपति कार्यालयले लिखित जवाफ पेस गरेको छ । राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पेस गरेको जवाफमा संसदले संविधानको धारा १० (२) र धारा १५ को’ अनिवार्य सर्त पालना गर्ने तर्फ संसदको ध्यान पुग्न नसकेकोले राष्ट्रपति संस्थाबाट विधेयकलाई, प्रमाणीकरण गर्न जरुरी नठानिएको उल्लेख छ ।

    राष्ट्रपतिले पठाएको १२ पेज लामो जवाफमा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने भन्दै विधेयकमा राष्ट्रपतिले सुझावसहित संसदमा फिर्ता पठाएकोमा त्यसलाई वेवास्ता गरिएको उल्लेख छ ।

    गत असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई विधेयक प्रमाणीकरणका लागि परमादेश दिन माग गर्दै अधिवक्ता सुनीलरञ्जन सिंह लगायतले ५ वटा फरक फरक रिट दर्ता गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend