logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • स्थिर समय र निर्वाचनका दिन नियोकले २ हजार पर्यवेक्षक परिचालन गर्ने

    स्थिर समय र निर्वाचनका दिन नियोकले २ हजार पर्यवेक्षक परिचालन गर्ने

    2.3K
    Shares
    स्थिर समय र निर्वाचनका दिन नियोकले २ हजार पर्यवेक्षक परिचालन गर्ने

    काठमाडाै‌ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लाहरुमा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ । नियोकले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा बौल्दै नियोकमा महासचिव देविकानन्द तिमिल्सिनाले तराईका केही जिल्लामा निर्वाचन प्रचारप्रसारका क्रममा द्वेषपूर्ण अभिव्यक्ति, दलहरुबीच झडप, दलका नेता र उम्मेदवारहरुबाट निर्वाचन आचारसंहीताको उल्लंघन र प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग गर्नुका साथै निर्वाचन अभियानमा बालबालिकाको प्रयोग गरेको पाइएको बताए । उनले नियोकले असोज महिनाको अन्तिम साताबाट नै निर्वाचन पूर्वअवधिको प्रर्यवेक्षण गर्न नेपालका ७७ वटै जिल्लामा ७७ तालिमप्राप्त दीर्घकालीन पर्यवेक्षकहरु खटाएको बताए ।

    महासचिव तिमिल्सिनाले पर्यवेक्षकहरुले निर्वाचन आयोगको तयारी, मतदाता रिपोर्टिङ प्रणाली प्रयोग गरी आफ्नो जिल्लाबाट नियमित पर्यवेक्षण प्रतिवेदन पठाउँदै आएको बताए । उनले नियोकले निर्वाचनको दिन र स्थिर समयको दिन सम्पूर्ण क्रियाकलापको पर्यवेक्षण गर्न ७ प्रदेश र ७७ वटै जिल्लामा करिव २ हजार छोटो अवधिका पर्यवेक्षकहरु परिचालन गर्ने बताए । उनले छोटो अवधिका पर्यवेक्षकअन्तर्गत १५० जना राष्ट्रिय पर्यवेक्षकसहित मतदान केन्द्र लक्षित स्थिर र घुम्ती पर्यवेक्षकहरु रहेको पनि स्पष्ट पारे ।

    नियोकले पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्रको व्यवस्था लगायत कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । त्यस्तै निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन नियोकले राष्ट्रिय स्तरमा डाटा सेन्टर को स्थापना गर्ने भएको छ । मतदानको दिन मतदान केन्द्रहरुमा खटिएका नियोकका पर्यवेक्षकसँग एसएमएस प्रविधिमार्फत नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र संप्रेषण गर्ने उद्देश्य रहेको महासचिव तिमिल्सिनाले बताए । उनले डाटा सेन्टरमा मतदानको दिन मतदान स्थलमा कुनैपनि अप्रिय घटना भए त्यसमको विववरण डाटा सेन्टरमा राखिएका (९८००८३४१४७ र ९८४१४५५५०४) नम्बरमा सम्पर्क गर्नसक्ने बताए । नियोकले आस्न्न निर्वाचनमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत रुपमा सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend