logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सप्तरीमा सुरक्षा व्यवस्था चुस्त

    सप्तरीमा सुरक्षा व्यवस्था चुस्त

    1.8K
    Shares
    सप्तरीमा सुरक्षा व्यवस्था चुस्त

    सप्तरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । जिल्लामा एक हजार छ सय ३७ नेपाल प्रहरी, तीन हजार दुई सय ७८ म्यादी प्रहरी, प्रत्येक पालिकमा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    चार निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । प्रहरीको गस्ती टोलीले सीमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी जाँचमा पनि कडाइ गरेको छ ।

    निर्वाचनलाई लक्षित गरी सवारी जाँचलाई कडाइसमेत गरिएको छ । प्रहरी नायब उपरीक्षक नरेश सिंहले उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्था मिलाइएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend