logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा नष्ट

    महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा नष्ट

    3.1K
    Shares
    महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा नष्ट

    महोत्तरी। महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्रीवितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले बिहीबार राति नष्ट गरेको हो ।

    मदिरा बिक्रीवितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

    निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयबाट यसअघि नै मदिरा बिक्रीवितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकिएको छ ।

    यसका बाबजुद पनि बिक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । जिल्लाका चारवटै क्षेत्रमा प्रहरीहरू तैनाथ गरी मदिरा बिक्रीवितरणको विषयमा निगरानी बढाइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend