logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान

    निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान

    2.6K
    Shares
    निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आ–आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई आह्वान गरेका छन् ।

    शनिबार दिउँसो निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै प्रकारका सुरक्षा प्रबन्ध मिलाइसकेको र कुनै पनि डर, त्रास, धम्कीमुक्त भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका हुन् । उनले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदाताले मतदान गर्न सक्ने बताए ।

    उनले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त बनाउन सहयोग गर्न सबै राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी र सर्वसाधारणलाई आग्रह पनि गरेका छन् । निर्वाचन आचार संहिता कार्यान्वयनका लागि पनि आयोगले अनुगमन टोली र सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । उनीहरूबाट प्राप्त विवरणमाथि अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    यस्तै, निर्वाचनका दिन भोलि आइतबार सञ्चारकर्मी, पर्यटक बोकेको सवारी सधान र अत्यावश्यक सेवाका सवारी साधन चल्न पाउने आयोगको भनाइ छ । साथै ४ र ५ मंसिरमा आयोगको सिफारिसमा सार्वजनिक बिदा भएकाले सबै नागरिक मतदानमा सहभागी हुने आयोगको अपेक्षा छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend