logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मतगणनाका लागि गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

    मतगणनाका लागि गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

    2K
    Shares
    मतगणनाका लागि गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

    गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि गोरखामा मतगणना स्थल तयार भएको छ । गोरखा–१ को जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा मतगणना हुनेछ ।

    सम्बन्धित क्षेत्रको मतदान अधिकृतको कार्यालय रहेको भवनमा मतगणनास्थल बनाइएको हो ।

    मतगणना स्थलमा तारजालीसहित सीसीटीभी समेत जडान गरिएको गोरखा–२ का निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए । ‘मतगणना स्थल तयार भइसक्यो’, उनले भने, ‘सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सीसीटिभी समेत जडान गरेका छौ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएका कारण गोरखा–२ को निर्वाचनलाई विशेष रुपमा हेरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend