logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • वसन्तपुरको मतदान स्थलः वृद्ध, अशक्त, अपाङ्मैत्री

    वसन्तपुरको मतदान स्थलः वृद्ध, अशक्त, अपाङ्मैत्री

    1.7K
    Shares
    वसन्तपुरको मतदान स्थलः वृद्ध, अशक्त, अपाङ्मैत्री

    काठमाडौं । मंसिर ४ गते आईतवार (भोलि) हुने मतदानको लागि वसन्तपुरको मतदान स्थल निर्माण कार्य सकिएको छ । काठमाडौं क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थ्लको कार्य सम्पन्न भएको हो ।

    काठमाडौं महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल रहेको वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान केन्द्रहरु निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर शिवाकोटीले बताए । उनले काठमाडौं क्षेत्र नम्बर ८ को १ मा ४ हजार ६२३ जना मतदाताहरु रहेको बताए । उनले सबै निर्वाचन सम्बन्धी काम सकेको बताउँदै मतदान स्थल वृद्ध, अशक्त, अपाङ्मैत्री बनाएको बताए । मतदानका लागि रोगी, वृद्धवृद्धा, अशक्त र अपाङ्ता भएका नागरिकहरुको लागि छुट्टै व्यवस्था गरिएको बताए ।

    उनले भने, ‘काठमाडौं महानगर वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल हो । ५ वटा मतदान केन्द्रहरु छन् । ४ हजार ६२३ जना मतदाताहरु हुनुहुन्छ । सबै निर्वाचन सम्बन्धी काम सकेका छौँ । महिला, पुरुष, अन्य, वृद्ध, अशक्त, अपाङ्मैत्री मतदान स्थल बनाएका छौँ । उहाँहरुलाई अलग लाइनको व्यवस्था गरेर हामीले काम सकेका छौँ । कर्मचारीलाई आफ्नो कार्य विभाजनसमेत गरिसकेका छौँ ।’

    वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोलिको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत र स्वतन्त्र बनाउन कर्मचारीमा कार्य विभाजन गरिसकिएको र सुरक्षाकर्मीहरुलाई पनि तैनाथ गरिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend