logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनः प्रकाशमान सिंह

    विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनः प्रकाशमान सिंह

    1.7K
    Shares
    विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनः प्रकाशमान सिंह

    काठमाडौं । नेपाली काँग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले गठबन्धनले निर्वाचन जिते केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के छ भन्नेकुराको उदाहरण प्रश्तुत गर्ने बताएका छन् ।

    आईतवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले दुई पटक संविधान लेखन, एक पटक संविधान रक्षा गर्न समय लागेको भन्दै अबको समय संविधानलाई कार्यान्वयन गर्नका लागि भएको बताए । उनले गठबन्धन सरकार राजनीतिक स्थिरता र स्थायित्व दिन अग्रसर रहेको पनि बताए । नेता सिंहले नेपाललाई विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनको आवश्यक्ता रहेको बताए ।

    उनले भने, ‘दुई पटक संविधान लेखन, एक पटक संविधान रक्षा गर्न लाग्यो र अब यो पटक जारी गरेको संविधानलाई कार्यान्वयन गर्नका लागि हो । हामी केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयता फरक के छ भन्नेकुरा देखाउन चाहन्छौँ । हामी कानून बनाएर तीन तहकै सरकारले आफ्नो काम गरेपछि कस्तो फरक पर्छ भन्नेकुरा देखाउन चाहन्छौँ । हामी राजनीतिक स्थिरता र स्थायित्व चाहन्छौँ । नेपाललाई विकास निर्माण सम्पन्नताको अभियानमा हामी छौँ ।’

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आज एकैचरणमा देशभर जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend