logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रुपन्देही– ५ को मतगणना सुरु

    रुपन्देही– ५ को मतगणना सुरु

    2.6K
    Shares
    रुपन्देही– ५ को मतगणना सुरु

    रुपन्देही । रुपन्देही क्षेत्र नं ५ को मतगणना सुरु गर्न थालिएको छ । गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको हो । कार्यालयमा तीन ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख चिन्तामणि शर्माले जानकारी दिए ।

    यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका भरतकुमार शाह र एमालेका वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

    प्रदेश सभामा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादवलगायत पनि प्रतिस्पर्धी छन्। एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend