सुनसरी । नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारको क्षेत्र सुनसरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।
प्रारम्भिक मतगणनामा रास्वपाका कमलबाबु मैनालीले ८२९ मत पाएका छन् । दोस्रोमा एमालेकी भगवती चौधरीले ७३४ र तेस्रोमा कांग्रेसका गच्छदारले ५३६ मत पाएका छन् ।
गच्छदार सुनसरी–३ बाट लगातार विजयी हुँदै आएका थिए । २०७४ सालमा वाम गठबन्धन हुँदा पनि चुनाव जितेका गच्छदार भ्रष्टाचार मुद्दाका कारण लामो समय निलम्बनमा परेका थिए ।