काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका राणाले २३ हजार८९२ मत पाउँदा एमालेका सिलवाल १९ हजार २६६ मत प्राप्त गरे । ४ हजार ६२६ मतान्तरले राणाले बाजी मारे ।
यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।