logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कर प्रणालीमा सुधार आवश्यकः निजी क्षेत्र

    कर प्रणालीमा सुधार आवश्यकः निजी क्षेत्र

    2.2K
    Shares
    कर प्रणालीमा सुधार आवश्यकः निजी क्षेत्र

    काठमाडाै‌ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले निजी क्षेत्रले रहरले कर तिर्नको लागि कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताएका हुन् ।

    उनले अहिले कर प्रणालीमा धेरै समस्याहरु रहेकाले कर प्रशासकीय प्रणालीमासमेत पुनरावलोकन गर्न आवश्यक औंल्याए । अध्यक्ष गोल्छाले सरकारले करदातालाई आकर्षित गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए । उनले कर तिर्ने र लिने विषयमा निजी क्षेत्र र सरकार एक ठाउँमा बस्न सक्नुपर्ने भन्दै निजी क्षेत्र र सरकारबीच सहकार्य नभए कठिन परिस्थिती आउने बताए । अध्यक्ष गोल्छाले राजश्वमा संकलनमा कमी आएकाले बजारमा तरलता अभाव भएको बताए । उनले तरलता अभावले व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा पुगेको गुनासो गरे ।

    उनले भने,‘ करको दायरा कसरी बढाउन सकिन्छ, यसमा हामी लागि पर्न जरुरी छ । करको दायरा बढाउनका लागि हामी सहकार्य गर्न चाहन्छौँ । कर कहरले होइन, रहरले तिरौँ । हामी रहरले तिर्न चाहन्छौँ तर पनि धेरै समस्याहरु रहेका छन् । हामी रहरले कर तिर्न चाहन्छौँ तर कर प्रणालीमा सुधार आवश्यक छ । प्रशासकीय पुनरावलोकनमा पनि सुधार आवश्यक छ । करदातालाई कसरी आकर्षित गर्नसक्छौँ यसमा ध्यान दिन जरुरी छ । किनभने नेपालका उद्योगी व्यवसायीहरु कर तिर्न चाहन्छन्, स्थिति गम्भीर भइसकेको छ । त्यसैले सबै एकै ठाउँमा बसौँ । हामी एकै ठाउँमा बस्न र मिलेर काम गर्न सकेनौँ भने आउने समय एकदमै कठिन हुनेछ । हरेक क्षेत्रमा ठूलो ह्रास आएको छ, यसको मुख्य कारण तरलताको अभाव हो । हामीले कसरी तरलतालाई अझ प्रवाह गर्नसक्छौँ, यो मुख्य लक्ष्य बन्नुपर्छ । हामी झन्डै आपत्कालीन अवस्थामा पुगिसकेका छौँ, यो अवस्थामा एकअर्कालाई सहयोग नगर्ने र समस्या नबुझ्ने हो भने आउने समय कठिन रहनेछ ।’

    त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले राजश्व संकलनमा निजी क्षेत्रको कारण कमी नभएको बताए ।उनले मुलुकभर उद्योग,व्यापार व्यवसायमा आएको कमीको कारण राजश्वमा कमि भएको बताए । अध्यक्ष अग्रवालले उद्योग व्यवसायको मागमा करिव २५ देखि ३० प्रतिशत ह्रास आएको बताए । उनले सिमेन्टमा ४०, डण्डीमा ४५, अटो क्षेत्रमा ८० प्रतिशतले मागमा कमी आएको बताए । उनले उद्योग व्यापार व्यवसायको मागमा आएको कमीले पुससम्ममा राजश्वमा अझै कमी आउने बताए । उनले सरकारले तरलता अभावलाई सहजता र ब्याजदर वृद्धि नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

    उनले भने,‘राजश्व देश र अर्थतन्त्रको लागि आवश्यक श्रोत हो । त्यो श्रोतमा विगतका तीन महिनामा (साउन, भदौ, असोज) मा गत वर्षको तुलनामा ह्रास आएको छ । कमी आएको छ । मूल्य अभिवद्धि करमा ११ प्रतिशत, आयकरमा ११, भन्सारमा करिव ३१ प्रतिशतबाट र जम्मा राजश्वमा करिव १८ प्रतिशतबाट ह्रास आएको छ । यसमा निजी क्षेत्रको कारणबाट पनि समिक्षा गर्ने हो भने निजी क्षेत्रको गभर्नेन्स वा अनुगमनको कारणले गर्दा ह्रास आएको छैन । ह्रासको मुख्य कारण आज जुन तरिकाले राज्यभरमा, उद्योगमा, व्यापारमा जुन तरिकाले मागको कमी आएको छ, त्यही उसको एउटा मुख्य कारण छ । उद्योग व्यवसायको मागमा करिव २५ देखि ३० प्रतिशत ह्रास आएको छ, यो हामीले सबैलाई कभर हुनेगरी सर्वे गरेका थियौँ । सिमेन्टमा ४०, डण्डीमा ४५, अटो मुभिलमा ८० प्रतिशत मागको कमी आएको छ । उद्योगहरुले कार्तिकदेखि पुससम्म विकराल रुप लिन्छ र राजश्वमा झनै कमी आउँछ । यसलाई गम्भीरका साथ लिन आवश्यक छ । यसका लागि हामीले तरलतामा सहज, ब्याजको वृद्धिमा नियन्त्रण गर्न आवश्यक छ । जग्गाबाट राजश्वमा ६२ प्रतिशतको कमी आएको छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend