चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्नो अग्रतालाई निरन्तर रुपमा अगाडि बढाएका छन् । पछिल्लो मत परिणामअनुसार लामिछानेले १९ हजार ७२३ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णभक्त पोख्रेल ९ हजार ८३ मतसहित दोस्रो स्थानमा छन् । साथै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ८७३ मत पाएका छन् ।