दाङ । दाङ निर्वाचन क्षेत्र नं. १ (२) प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काको जित सुनिश्चित भएको छ।
२८ वर्षीय खड्का २ हजार ८ सय ६० मतले अगाडि छन् भने अब गणना गर्न जम्मा १ हजार २ सय ५९ मत मात्रै बाँकी छ।
अनुराग नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका एक्ला छोरा हुन्।