logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पाँच वर्षमा देशले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : डा.तोसिमा कार्की

    पाँच वर्षमा देशले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : डा.तोसिमा कार्की

    1.5K
    Shares

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले पाँच वर्षमा देशवासिले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् ।
    ललितपुर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले बिहीवार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् ।

    उनले संसदमा जनमुखी मुद्दाहरु उठाउने बताईन् । आफूले मतदाताहरुसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उनको भनाई छ । डा. कार्कीले आफूलाई निरन्तर खबरदारी गरिरहन पनि मतदातालाई आग्रह गरिन् ।

    उनले संसदभित्र आफ्नो भुमिका राजनीतिको परिभाषा स्थापित गर्नमा रहने जिकिर गरिन् । सांसद कस्तो हुनुपर्छ र संसद भवनमा वहस कस्तो हुनुपर्छ भन्ने देखाउन आफ्नो भुमिका रहने उनको भनाई थियो ।

    प्रतिनिधि सभा सदस्य डा.कार्कीले आफू समस्या र समाधान बीचको परिपक्व पुल बन्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले ललितपुरवासिले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने भन्दै जनताको विश्वासमाथि घात नगर्ने उनको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend