महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले झिनो मतका साथ अग्रता लिएका छन् । यसअघि जनता समाजवादी पार्टी ९जसपा० का हरिनारायण यादवले उनलाई पछि पारेका थिए ।
पछिल्ला मतपरिणाम अनुसार ठाकुरले यादवलाई ७७ मतले पछि पारेका छन् । ठाकुरले १३ हजार १७८ मत ल्याउँदा यादवले १३ हजार १०१ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार राम आधार कापारले १० हजार ६९५ मत ल्याएका छन् ।