logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सुनको मुल्य सातामा ३०० ले घट्यो, चाँदी भने बढ्यो

    सुनको मुल्य सातामा ३०० ले घट्यो, चाँदी भने बढ्यो

    1.5K
    Shares

    काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ओरालो लागेको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ३०० ले घटेर ९७ हजार ८०० रूपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य तोलामा ९७ हजार ३०० रूपैयाँ छ ।

    सुन यो साताको सोमबार तोलामा ६०० रूपैयाँले घटेको थियो । यस्तै, मंगलबार ३०० ले घटेको सुनको मूल्य बुधबार ४०० ले घटेको थियो । यस्तै, बिहीबार १००० रूपैयाँ प्रतितोलाले बढेको सुनको मूल्य शुक्रबार स्थिर रहेको थियो ।

    यो साता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ८० रूपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १२ सय ९५ रूपैयाँ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend