logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

    रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

    3.1K
    Shares
    रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आएका पौडेल आज बिहान नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए ।

    नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेता नेपालले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा पनि जोड दिएको उनले बताए ।

    नेपालको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘तपाईं गठन्धनको नेता पनि हो, गठबन्धन बनाउन तपाईंले दुःख गर्नु भएको पनि छ । यसपटक तपाईं प्रधानमन्त्री हुन पाउनुपर्छ भन्नेमा हाम्रो पार्टी पनि सकारात्मक छ भनेर माधव नेपालले भन्नुभयो ।’

    नेपाली कांग्रेसमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायत पनि प्रधानमन्त्रीको दाबेदार छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend