logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • झापामा प्रदेशभन्दा प्रतिनिधि सभातर्फको बदर मत बढी

    झापामा प्रदेशभन्दा प्रतिनिधि सभातर्फको बदर मत बढी

    1.4K
    Shares
    झापामा प्रदेशभन्दा प्रतिनिधि सभातर्फको बदर मत बढी

    झापा । झापामा प्रतिनिधि सभाको भन्दा प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् ५.८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

    निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार पाँच सय ८६ मतमध्ये २२ हजार पाँच सय ६४ मत अर्थात् ५.४५ प्रतिशत मत बदर भएको छ । यसमा प्रदेशको भन्दा प्रतिनिधि सभामा एक हजार तीन सय ९६ मत बढी बदर भएको हो ।

    उनले प्रतिनिधिसभाको क्षेत्र नं १ मा खसेको ६७.८१ मतमध्ये ५.९१ प्रतिशत, क्षेत्र–२ मा खसेको छ दशमलव ६५ मतमध्ये ६.९९ प्रतिशत, क्षेत्र नं ६७.५२ मतमध्ये ४.६४ मत बदर भएको छ ।

    यसैगरी क्षेत्र नं ४ मा खसेको ६४ दशमलव ५६ मतमध्ये ६.२१ प्रतिशत, क्षेत्र नं ५ मा ६४.१६ प्रतिशत मत खसेकामा ५.४५ प्रतिशत गरी प्रतिनिधि सभामा कुल मत बदर प्रतिशत ५.८१ प्रतिशत रहेको प्रमुख निरौलाको भनाइ छ ।

    प्रदेशसभातर्फ क्षेत्र नं १ (१)मा खसेको ६७ दशमलव ८० मतमध्ये ५.७२ प्रतिशत, (२) मा खसेको ६७.८२ मतमध्ये ५.२७ प्रतिशत मत बदर भएको छ । क्षेत्र नं २ को (१)मा ६५ दशमलव नौ प्रतिशत खसेको मतमा ९.४६ प्रतिशत, (२) मा खसेको ६५.२३ मतमध्ये ६.६९ मत बदर भएको छ । क्षेत्र नं ३ को (१) खसेको ६७.३६ प्रतिशत मतमध्ये ४.३४ मत, (२)मा खसेको ६८.६४ मतमध्ये ४.३९ प्रतिशत मत बदर भएको कार्यालयको जनाएको छ ।

    यसैगरी क्षेत्र नं ४ को (१) का ६२.५१ प्रतिशत मतमध्ये ५.८ प्रतिशत (२) मा खसेको ६६.७ प्रतिशतमध्ये ५.२७ प्रतिशत मत बदर भएको छ । क्षेत्र नं ५ को (१) मा खसेको ६४ दशमलव सात प्रतिशतमध्ये ४.८४ मत र (२) मा खसेको ६३.९७ प्रतिशत मतमध्ये ४.१२ मत बदर भएको कार्यालय प्रमुख निरौलाले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend