काठमाडौं । प्रतिनिधि सभातर्फ सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरीको जित निश्चित भएको छ । ९२ हजार ५ सय मत खसेकोमा अहिलेसम्म ८४ हजार दुई सय १८ मत गणना भइसकेको छ। अहिले मतगणना जारी छ ।
अहिलेसम्म एमालेकी भगवतीले ३७ हजार ४ सय २० मतसहित अग्रता लिइरहेकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार पछि परेका छन्।
गच्छदारले अहिलेसम्म ३२ हजार एक सय १ मत ल्याएका छन्। एमालेकी भगवती ५ हजार तीन सय १९ मतान्तरसहित अघि छिन्। अब जम्मा ८ हजार २ सय ८२ मत गन्न बाँकी छ।