logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • झिनो अंकले बढ्यो शेयर बजार, ९५ करोड ७० लाखमा समेटियो कारोबार

    झिनो अंकले बढ्यो शेयर बजार, ९५ करोड ७० लाखमा समेटियो कारोबार

    1.9K
    Shares
    झिनो अंकले बढ्यो शेयर बजार, ९५ करोड ७० लाखमा समेटियो कारोबार

    काठमाडौं । मंगलबार शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.९९ अंकले बढेको हो । ०.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९५३.३५ अंकमा उक्लिएको छ ।

    आज २३४ कम्पनीका २५ लाख ८९ हजार ९ सय ९७ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ७० लाख ६० हजार २ सय २५.९६ रुपियाँ बराबरको कारोबार भएको हो ।

    नेप्सेका अनुसार आज धौगागिरि लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ६.१० प्रतिशतले नाफा कमाएका छन् भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लगानीकर्ताले सबैभन्दा बढी ४.६० प्रतिशतले घाटा व्यहोरेका छन् ।

    आज पनि हिमालयन डिस्टिलरीकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ७२ लाख ७५ हजार ३ सय ८२.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    साताको पहिलो दिन आइतबार बजार ३२.४३ अंकले बढ्दा २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२.१४ रुपियाँ र हिजो सोमबार १५.६१ अंकले बजार घट्दा १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६ सय १३.६६ रुपियाँ बराबरको कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend