logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • मोरङमा सवारीसाधनको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

    मोरङमा सवारीसाधनको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

    2.4K
    Shares
    मोरङमा सवारीसाधनको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

    मोरङ । मोरङमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मंगलबार राति एक साइकलयात्रीको मृत्यु भएको छ। जिल्लाको कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना हुँदा पथरीशनिश्चरे नगरपालिका–१० का ४३ वर्षीय युवराज खत्रीको मृत्यु भएको हो।

    साइकलमा पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा पहिचान नखुलेको साधनले राति ९ः३० बजेतिर साइकलयात्री खत्रीलाई ठक्कर दिएको थियो।

    दुर्घटनापश्चात् गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि पथरी अस्पताल लगिएको थियो। अस्पताल लग्दाबित्तिकै चिकित्सकले मृत घोषित गरेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend