काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजनतिक एजेण्डालाई भन्दापनि आर्थिक एजेण्डा प्राथमिकता दिने नेतृत्व सरकारमा आउनुपर्ने बताए । उनले चुनावको परिणामले एउटा पार्टीको सरकार बन्नसक्ने अवस्था नदेखिएकाले मिलिजुली सरकार भएपनि आर्थिक स्थायित्व दिनसक्ने नेतृत्वको सरकार बन्नुपर्ने बता । उनले राजनीतिक पार्टीका फरकफरक धारणा भएपनि आर्थिक ऐजेण्डामा सबै दलका नेताहरुको एउटै धारणा भएको सरकार आउनु आवश्यक रहेको बताए ।
उनले भने,‘अहिले निर्वाचनको परिणाम आउँदैछ । कुनैपनि एउटा पार्टीको बहुमतको सरकार बन्ने देखिएन । निजी क्षेत्र के चाहन्छ भने नयाँ बन्ने सरकार मिलिजुली भएपनि आर्थिक स्थायित्व दिने हुनुपर्छ । जनतालाई सेवा सुविधा दिने विषयमा सहज सरल बनाउन सकोस् । राजनीतिक पार्टीका फरकफरक धारणा भएपनि आर्थिक ऐजेण्डामा सबै दलका नेताहरुको एउटै धारणा भएको सरकार आउनुपर्छ भन्ने धारणा राख्दछु ।’