logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यकः अध्यक्ष गोल्यान

    दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यकः अध्यक्ष गोल्यान

    1.5K
    Shares
    दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यकः अध्यक्ष गोल्यान

    काठमाडौं । उद्योगी तथा गोल्यान गु्रपका अध्यक्ष पवन गोल्यानले दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यक रहेको बताए । उनले अब बन्ने सरकार राजनीतिक भागबण्डा र राजनीतिलाई छाडेर देश बनाउने ऐजेण्डामा केन्द्रित बन्नुपर्ने बताए ।

    अध्यक्ष गोल्यानले पाँच वर्षमा देशको बाटो सुहाउँदो र आर्थिक विकासमा सहज हुने नीति बनाउनसक्ने नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले नेपालका राजनीतिक दलहरुले सोचमा परिर्वतन गर्न आवश्यक भएको बताए । अध्यक्ष गोल्यानले आफू र आफ्नो पार्टीको लागि नभएर देशको लागि सोच्ने नेतृत्वले मात्रै अर्थतन्त्रमा परिर्वतन ल्याउने बताए ।

    उनले भने,‘अब बन्ने सरकारको पहिलो एजेण्डा नै आर्थिक एजेण्डा हुनुपर्छ । अब पनि राजनीतिक भागबण्डा र राजनीतिलाई छाडेर देश बनाउने ऐजेण्डामा केन्द्रित हुनुपर्छ । देशको माटो र नेपाली जनता सुहाउँदो नीति आउनुप¥यो । सानो देश भएकाले पाँच वर्षमा देशको माटो सुहाउँदो नीति बनाउन सक्छौं । तर त्यसको लागि राजनीतिक पार्टीको सोच परिवर्तन हुनुपर्छ । पाँच वर्ष चुनाव जितेर आयौं भन्ने सोचको नतिजा यो निर्वाचन हो । सरकारमा जुनसुकै पार्टी आएपनि देशको लागि काम गर्नुपर्छ । आफू र आफ्नो पार्टीको लागि होइन । देशको लागि सोच्ने नेतृत्वले परिवर्तन ल्याउँछ ।

    यो भन्दा अगाडि भागबण्डा र नीतिगत भ्रष्टाचार कसरी गर्ने, कुनै एक व्यक्तिलाई मात्रै फाइदा हुने नीति बनाउने र धनीसँधै धनी बनिरहने र गरिब झन गरिब भएर विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । अबको सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएर अगाडि ल्याउनुपर्छ । कृषिलाई नै सबैभन्दा बढी नाफामुलुक उद्योग बनाउनु प¥यो । पर्यटन विकासका लागि भौतिक संरचना बनाउन लगानी बढाउनु पर्छ । सरकारको आर्थिक विकासमा ध्यान जानुपर्छ । अब फेरि आफ्नो स्वार्थमा मात्रै काम गर्नु भएन । जनता र देशको लागि काम गर्ने नेतृत्व सरकारमा आउनुपर्छ भन्ने हो ।’

    अध्यक्ष गोल्यानले आगामी नयाँ सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएर कृषिलाई सबैभन्दा बढी नाफामुलुक उद्योग बनाउनसक्ने नेतृत्वको सरकार आवश्यक रहेको बताए । उनले पर्यटन विकासका लागि भौतिक संरचना बनाउन लगानी बढाउनुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend