logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आइएमई पे को डिशहोम नकआउट तीन सय अफर सहुलियतमा वल्र्ड कप प्याकेज

    आइएमई पे को डिशहोम नकआउट तीन सय अफर सहुलियतमा वल्र्ड कप प्याकेज

    1.2K
    Shares
    आइएमई पे को डिशहोम नकआउट तीन सय अफर सहुलियतमा वल्र्ड कप प्याकेज

    काठमाडौँ । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वल्र्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सकिनेछ । ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नु पर्नेछ । जस मार्फत ग्राहकहरुले वल्र्ड कप प्याकेजको पूर्ण मुल्य रू. ५ सय ६५, तिर्दा रू. २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सकिनेछ ।

    यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले
    मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सकिनेछ ।

    आइएमई पेको बारेमाः
    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

    आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend