स्याङजा । स्याङजा क्षेत्र नम्वर २ (२) मा नेपाली कांग्रेसका महेश भट्टराई अघि लागेका छन् । अहिले चापाकोट नगरपालिकाको मतगणना भईरहेको छ । चापाकोट नगरपालिको वडा नम्वर ३ मा कांग्रेसका भट्टराईले १४२६ मत पाएका छन् भने एमालेका बुद्धिमान श्रेष्ठले १०३ मत पाएका छन् ।
योसगैँ कांग्रेसका भट्टराई कुल १३ हजार ६२७ मतका साथ अघि छन् भने एमालेका श्रेष्ठले १२ हजार ३४५ मतका साथ पच्छ्याईरहेका छन् । श्रेष्ठ भन्दा भट्टराई १२८२ मतले अघि छन् । अहिले चापाकोट नगरपालिका वडा नम्वर ४ को मतगणना भईरहेको छ ।