काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित ज्ञानेन्द्र शाहीले कानुन परिमार्जन गरेर भ्रष्टाचार गर्नेलाई जेल हालिने प्रतिबद्धता जाहेर गरेका छन् ।
जुम्लाबाट प्रतिनिधिसभा सदयस्यमा निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वाइडबडी, एनसेल, मेलम्ची लगाएतका ठूला भ्रष्टाचारका मुद्दाको छानबिन गरिने र दोषिलाई जेल हाल्न नसकेपनि पाँच वर्ष भित्र कानुनको कठघरामा उभ्याइने बताए ।
उनले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । ‘पहिला हामी सडकबाट लड्थ्यौं अब हामी संसदबाट लड्ने छौ’ उनले भने ‘अब हाम्रो लडाई भ्रष्टारका विरुद्धमा हुनेछ ।’
वाइड