काठमाडौं । दोलखामा जारी प्रतिनिधिसभातर्फको मतगणनामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायमै राखेका छन् ।
कार्की एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीभन्दा १ हजार २ सय ६० मतले अगाडी छन् । माओवादी केन्द्रका कार्कीले १० हजार ७ सय ३७ मत ल्याउँदा एमालेका शिवाकोटीले ९ हजार ४ सय ७७ मत प्राप्त गरेका छन् ।
दोलखामा ४ मतदानस्थलका १० वटा मतदान केन्द्रमा मंसिर १५ मा पुनः मतदान भएको थियो । मतदान सकिएपछि बिहीबारदेखि गणना प्रारम्भ भएको थियो।