logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • गठबन्धन पनि नछोड्ने, एमालेसँग पनि सरकार गठनबारे छलफल गर्ने माओवादी केन्द्रको निर्णय

    गठबन्धन पनि नछोड्ने, एमालेसँग पनि सरकार गठनबारे छलफल गर्ने माओवादी केन्द्रको निर्णय

    3.5K
    Shares
    गठबन्धन पनि नछोड्ने, एमालेसँग पनि सरकार गठनबारे छलफल गर्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आज शनिबार बसेको पदाधिकारी बैठकले सरकार गठनकालागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

    बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय नगरेको तर अन्य विकल्प पनि खुला राखेको बताए ।

    उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको महराले बताए ।

    बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए । बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।

    राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । तर भावी यात्राबारे अहिले कुरा नभएको उनले प्रष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend