काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १९ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी जारी गर्न लागेको हो ।
मंसिर २० गते अर्थात आगामी बुधबार जारी हुने ट्रेजरीको सोमबार दिउँसो २ बजे बोलकबोल हुने बैंकले जनाएको छ ।
सार्वजनिक बोलकबोल मार्फत हुने ट्रेजरी बाँडफाँडमा ८५ प्रतिशतलाई प्रतिस्पर्धात्मक र १५ प्रतिशतलाई विना प्रतिस्पर्धा सहभागी गराइने बैंकले जनाएको छ ।