logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • नवनिर्वाचित सांसद खतिवडाद्वारा ओखलढुंगाका सबै वडामा बिजुली बाल्न निर्देशक कुलमानसँग भेट

    नवनिर्वाचित सांसद खतिवडाद्वारा ओखलढुंगाका सबै वडामा बिजुली बाल्न निर्देशक कुलमानसँग भेट

    1.8K
    Shares
    नवनिर्वाचित सांसद खतिवडाद्वारा ओखलढुंगाका सबै वडामा बिजुली बाल्न निर्देशक कुलमानसँग भेट

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका नवनिर्वाचित सांसद रामहरि खतिवडाले ओखलढुंगाका सबै वडाहरूमो बिद्युत् विस्तार गर्न नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग आग्रह गरेका छन् । सोमबार प्राधिकरणको कार्यालय, रत्नपार्क, काठमाडौंमा घिसिङसँग भेट गरेर खतिवडाले ओखलढुंगाका धेरै वडाहरू अन्धकार रहेको भन्दै सबै वडामा बिद्युतको प्रसारण लाईन बिस्तार गर्न आग्रह गरेका हुन् ।

    No description available.

    कांग्रेस नेता खतिवडाले उज्यालो ओखलढुंगाको लागि गरेको चुनावी प्रतिबद्धताअनुसार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग ओखलढुंगाका ७५ वटै वडाहरूमा उज्यालो बनाउन आग्रह गरेका हुन् ।

    कार्यकारी निर्देशक घिसिङले आफू काम गर्नका लागि आएको भन्दै ओखलढुंगाका जनताको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । घिसिङले क्रमशः सबै वडाहरूमा बिद्युत् पु¥याउने उल्लेख गरेको खतिवडाका स्वकीय सचिव राईले बताए ।

    ओखलढुंगाको खिजीदेम्बामा केन्द्रीय बिद्युत प्रसारण लाईन पुगेको छैन ।

    नेता खतिवडाले आफू निर्वाचित भएको प्रमाण पत्र लिने बित्तिकै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई भेट्न आएको भन्दै १ वर्षभित्र सबै वडाहरूमा विद्युत् बिस्तार गर्न आग्रह गरेका छन् ।

    No description available.

    खतिवडाका स्वकीय सचिव हुकुम राईका अनुसार खतिवडासहित प्रदेश सांसदद्वय प्रदीप सुनुवार र बाबुराम गौतमसहितका नेताहरू प्राधिकरणमा गएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend