logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यकः मन्त्री श्रेष्ठ

    नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यकः मन्त्री श्रेष्ठ

    1.8K
    Shares
    नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यकः मन्त्री श्रेष्ठ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताएका छन् । मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल सवत न्हूँद विषय विद्वत्गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री श्रेष्ठले नेपाल सवत्लाई राष्ट्रिय रुपमा मान्यता दिनको लागि राष्ट्रिय स्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताए । उनले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको हो की जस्तो भान हुने गरेको बताए । उनले अहिले शंखधर शाख्वाका नाममा काम गर्ने धेरै संस्थाहरु भएपनि राष्ट्रिय रुपमा प्रचार हुन नसकेको बताए । उनले राष्ट्रिय रुपमा प्रचारको लागि शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान बन्न आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले राष्ट्रिय स्तरको प्रतिष्ठान भएमात्रै नेपाल सवत र शंखधर शाख्वाको इतिहास र योगदानको प्रचार हुने बताए ।

    उनले भने,‘ नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति एउटा समा समारोह गर्न मात्रै गठन भएको जस्तो भएको छ । हाम्रो प्रचलन पनि त्यस्तै छन् । त्यसैले शंखधर शाख्वाका नाममा काम गर्ने कतिपय संस्थाहरु पनि छन् । शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान आवश्यकता रहेको छ । त्यस्ता प्रतिष्ठानहरु छन् । तर राष्ट्रिय रुपमा नै स्वीकार्य गर्ने रुपमा वा राष्ट्रिय रुपमा प्रतिनिधित्व हुने गरी प्रष्ठिान विकास गरेर अगाडि बढाउनसक्यौ भने शाख्वाका जीवन,योगदान र इतिहासका विषयमा राष्ट्रिय स्तरमा जानकारी लिन सहज हुनसक्छ ।

    उनले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन पर्यटन मन्त्रालयले गर्नुपर्ने आवश्यक काम अगाडि बढाउन मन्त्रालय तयार रहेको पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend