logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • तीन वर्षपछि फर्कियो आँखाको ज्योति

    तीन वर्षपछि फर्कियो आँखाको ज्योति

    2.7K
    Shares
    तीन वर्षपछि फर्कियो आँखाको ज्योति

    सिन्धुपाल्चोक । पाँच पोखरी थाङ्पाल गाउँपालिका–६ का ६८ वर्षे रेञ्जेन लामा सोमबार निकै खुसी थिए । तीन वर्षअघि गुमेको आँखाको ज्योति फर्कँदाको खुसी उहाँको मुहारमा स्पष्ट देखिन्थ्यो । उपचारपछि आँखा देख्न सक्ने हुनुभएका उहाँ खुसीले निकै बेरसम्म नाचे ।

    तिलगङ्गा सामुदायिक आँखा केन्द्रले सोमबार मेलम्चीमा सञ्चालन गरेको निःशुल्क मोतिविन्दु शिविरमा आएका उनि आर्थिक अवस्था कमजोर हुँदा तीन वर्षदेखि उपचार गर्न पाएका थिएनन् ।

    लामा जस्तै आँखाको ज्योति फिर्ता पाएर खुसी हुनेको सङ्ख्या धेरै थियो । मेलम्ची नगरपालिका–१२ का बाबुराम भुजेलको आँखाको ज्योति पनि शिविरमा उपचार गराएपछि फर्किएको छ । शिविरमा आउँदा अरुको साहरामा आउनुभएका उहाँ घर भने ठमठम हिँड्दै फर्किए ।

    शिविरमा आएकी ७२ वर्षीय लीलामाया थापाले लामो समयदेखि आँखाले हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनिसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ६५ वर्षीय निरमाई तामाङले पनि उपचार पाएकोमा शिविर आयोजना गर्नेलाई धन्यवाद दिए ।

    मेलम्ची नगरपालिकाका साथै हेलम्बु, पाँचपोखरी थाङ्पाल, र इन्द्रावती गाउँपालिकामा मङ्सिर नौ देखि १५ सम्म मोतिविन्दु छनोट शिविर सञ्चालन भएको थियो । शिविरमा आयोजकले एक सय जना बिरामीको खाजा, खाना र बस्ने व्यवस्थासहित उपचार गराएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend