काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डाशशांक कोइरालासँग मत मागेका छन् । निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत मागेका हुन् ।
‘बालुवाटारमा बधाई साटासाट भयो । संसदीय दलमा सभापतिले भोट माग्नुभयो ।’ कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने ।