काठमाडौं । नेपाली कांग्रेसको समानुपातिक पद्धतितर्फको सांसद चयनका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक विना निश्कर्ष सकिएको छ ।
समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउन नसकेको हो ।
अब शनिबार नै बालुवाटारमा बस्ने पार्टीको पदाधिकारी बैठकले सांसद चयन गर्नेछ ।